इर्मजेन्सीको बेड नै भाँचिएर बिरामी खसेपछि ……..

  • ख-
  • ख+

विकास खनाल
दमौलीः
मानिस आपतकालिन अवस्थामा परेमा आकस्मिक अर्थात इर्मजेन्सी कक्षमा उपचार गराउन अस्पताल जान्छ । तर त्यही कक्षमा दुर्घटना भए के गर्ने ? दमौलीमा यस्तै घटना घटेको छ । त्यो पनि जिल्लाकै ठूलो सरकारी दमौली अस्पतालमा उपचार गराउन आएका बिरामी खसेर थप घाइते बनेका छन् ।

लमजुङ घर भएका भीमप्रसाद साँखी टाँका खोल्न दमौली अस्पतालको इमर्जेन्सी वार्डमा बसेर उठ्ने क्रममा बेड भाँचिएको हो । टाँका खोली सकेर उठ्ने क्रममा बेड भाँचिदा फेरि घाउ च्यातिएर थप बिरामी हुन पर्याे बिरामीका आफन्तले भनेका छन् ।

‘अस्पतालमै यस्तो भए पछि बिरामीको अवस्था के हुन्छ ,यो कस्तो लापरबाही हो ?’, आफन्तले आक्रोशयुक्त आरोप लगाएका छन् । बेड भाँचिएर घाउ फेरि च्यातिएपछि अस्पतालका कर्मचारीले फेरि टाँका मारि पठाएको र आज फेरि बोलाएको बिरामीका छिमेकी शारदा गैर्हेले बताइन् ।

साँखी केही दिन अगाडि डुम्रे वेशिसहर खण्डमा गाडीबाट झर्ने क्रममा दुर्घटनामा परेका थिए । ‘बिरामी पनि नधान्ने कस्तो बेड हो दमौली अस्पतालको ?’, भन्ने दमौली न्युजको प्रश्नमा दमौली अस्पतालका प्रमुख डाक्टर सुनिल पौडेलले बेड भाँचिएको नभै बिरामीको तौल धेरै हुँदा बेड फर्किएको भन्ने ईमर्जेन्सी वार्डबाट जानकारी पाएको बताए ।

आँफुले यसवारेमा थप बुझेर जानकारी गराउने पौडेलले बताएका छन् । ‘म अहिले ड्युटीमा रहेका कर्मचारीसँग सत्यतथ्य बुज्छु,’ पौडेलले भने ।

घाइते बिरामीका छोरा रामजि साखिले इमर्जेन्सी वार्ड जस्तो संवेदनशील ठाउँमा ढुंगाले टेको दिएर बेड राखिएको बताए ।

सरकारी अस्पतालमा टाका खोल्न जाँदा डाक्टर कुर्न घण्टौं बस्नुपरेको र नर्सहरूले त्यो काम गरेको साखिले बताए । नर्सहरूले प्रयोग गर्ने सर्जिकल ग्लवस पनि बिरामीले ब्यबस्थापन गर्नुपर्ने अवस्था दमौली अस्पतालमा रहेको उनले बताए

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी