कमजोर अवस्थाका ६५१ बालबालिका पढाउँदै रिबिल्ड नेपाल

  • ख-
  • ख+

दमौलीः रिबिल्ड नेपाल एजुकेशन फाउण्डेसनले कमजोर अवस्था भएका ६ सय ५१ बालबालिकालाई निःशुल्क रुपमा पठनपाठनको व्यवस्था मिलाएको छ ।

०७२ सालको भुकम्प पछाडि नेपालमा स्थापित संस्थाले नेपालभरमा अहिले गरिब, मृगौला पीडित तथा बाढीपहिरो प्रभावित गरी ६ सय ५१ जना बालबालिकाहरूलाइ विभिन्न ठाउँका विद्यालयमा निःशुल्क रूपमा पढाउने व्यवस्था मिलाइएको संस्थाले जनाएको छ ।

यसै वर्षबाट तनहुँमा पनि कक्षा १ देखि ७ सम्म पढ्ने ६ जना बालबालिकालाई निःशुल्क पढाउने व्यवस्था मिलाएको छ । संस्थाका स्वयंसेवक सरोज बस्नेतका अनुसार ती विद्यार्थीलाई किताब, कापी, पोशाक, भर्ना शुल्क, मासिक शुल्क सबै संस्थाले नै व्यहोर्दछ ।

सामाजिक उत्तरदायित्वको भावना तथा गरिब तथा दुःख पाएका विद्यार्थीलाई शिक्षा तथा राहत गराउने उद्देश्य संस्थाको रहेको हुँदा यसलाई अझै फराकिलो बनाउँदै लाने बस्नेतको भनाइ छ ।

संस्थाले यसअघि पनि लकडाउनका बेला २७ गरीब घर परिवारलाई नुन तेल , चामल सहितका खाद्यान्न बितरण गरेको थियो भने आदिकवि भानुभक्त क्याम्पसमा कोरोना संक्रमणमा परि आइसोलेसनमा बसेका संक्रमितहरू लाई हर्लेक्स, फलफूल, पानी, मास्क सेनिटाइजर जस्ता सामानहरू वितरण गरेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी