
दमौलीः व्यास नगरपालिका वडा नं २ शून्य पोलिथिन क्षेत्र घोषणा भएको छ । सनिवार आयोजित १ कार्यक्रमकाबीच व्यास नगर प्रमुख बैकुण्ठ न्यौपानेले वडा अध्यक्ष काशीराम श्रेष्ठलाई प्रमाणपत्र दिई शून्य पोलिथिन घोषणा गरे ।
माटो , धर्ती , वातावरण तथा पर्यावरण संरक्षणमा जुट्न आम जनताहरू लाई जागरित गराउने उद्धेश्यले सिम नेपाल संस्थाको हरियाली नेपाल कार्यक्रम अन्तर्गत सुरु भएको वातावरण सम्बन्धी राष्ट्रव्यापी चेतनामूलक शुन्य पोलिथिन अभियानअन्र्तगत व्यास २ लाई शुन्य पोलिथिन क्षेत्र घोषणा गरिएको प्रमाणपत्रमा उल्लेख छ ।
कार्यक्रममा नगर प्रमुख न्यौपानेले व्यास नग पालिका गण्डकी प्रदेशमै पहिलो हुने प्रयासमा लागेको बताए । ‘नगर सफा सुन्दर राख्ने महान अभियानमा हिंडेका छौं, केही अप्ठेरो त पर्न आउँछन, ‘
न्यौपानेले भने, ‘तर त्यसलाई सहज पार्दै अभियान सफल पार्ने हो र त्यो हाम्रै पालामा गर्ने हो
।’
जमिन , माटो र पानिमा प्लास्टिक जान नदिने कार्यक्रमको मुख्य अभियान रहेको न्यौपानेको भनाइ थियो । ‘हामीले फोहोर फाल्ने खाल्डो खोज्दै हिड्यौ तर त्यस्तो होईन रहेछ समथर जमिन खोजेर प्लास्टिक संकलन गरि , बिक्री गर्ने रहेछ’ भन्दै न्यौपानेले वालिङ नगरपालिकाको हालै गरेको भ्रमणले पनि त्यो सिकाएको न्यौपानेले बताए ।
न्यौपानेले ३ महिना भित्र प्लास्टिक व्यवस्थापन गरेर काम गर्ने गरि अगाडि बढेको र छतबाट पानी झार्ने समस्यालाई रोक्नेतर्फ लागेको बताए ।
‘अहिले नगरका केही घर नक्सा पास गरेर पास अनुसार नवनाई आफूखुशी बनाएको देखिएको र त्यसरि गराएका घरको नक्सा रद्द गर्ने नगरपालिकाले निर्णय गरेको छ,’ न्यौपानेले भने ।
व्यास नगर पालिका वडा नँ २ का अध्यक्ष काशीराम श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्यहरू टुकबहादुर हमाल , लालबहादुर थापा , राधिका परियार तथा सिम नेपालका अध्यक्ष निपेश ढाका लगायतको उपस्थिति रहेको थियो ।