
दमौली : क्षेत्रीय होटल संघ तनहुँ दमौली बजार इकाईको सभापतिमा शंकर अधिकारी सर्वसम्मत चयन भएका छन् ।
शुक्रवार दमौलीमा सम्पन्न इकाइको ७ औ अधिवेशनले अधिकारीको सभापतित्वमा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपसभापतिमा भावना अधिकारी र बालकृष्ण आले सचिवमा अनुप दाहाल, कोषाध्यक्ष सुजन अधिकारी र सहकोषाध्यक्षमा सीता पाहाडी चयन भएका छन् । यस्तै समितिको अन्य सदस्यहरूमा देवी कुमारी थापा , विरजंग रायमाझी, विन्दु सेढाई र भीष्म श्रेष्ठ रहेका छन् ।
अधिवेशनको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि क्षेत्रीय होटल संघ तनहुँका अध्यक्ष राम जोशिले विश्व व्यापि रूपमा फैलिएको कोभिडले होटल व्यबसायीलार्इ सबैभन्दा धेरै मार पारेको बताए ।
कार्यक्रममा संस्थापक अध्यक्ष राजकुमार श्रेष्ठ, बरिस्ठ उपाध्यक्ष बिकास खनाल , महासचिव चन्द्रकुमार कायस्थ, बिज्ञान कैनि, लालप्रसाद तिमिल्सिना, बालकृष्ण आले लगायतका बक्ताहरूले कार्यक्रम सफलता सँगै नयाँ कार्यसमितिलाई शुभकामना दिएका थिए ।