
दानबहादुर श्रेष्ठ
ऋषिङ्ग : ऋषिङ्ग गाउँपालिकाद्वारा पालिका भित्रका सामुदायिक विद्यालय अध्ययनरत कक्षा ईसिडिदेखी कक्षा ३ सम्मका सबै बालबालिकाहरुका लागि शैक्षिक सामाग्री वितरण योजना अन्तर्गत २ वटा केन्द्रमा सम्पन्न भएको छ ।
बालविकास मा विका बिब्यस अध्यक्ष तथा वडा नं ४ का अध्यक्ष भोजराज रानाभाटको सभापतित्वमा संचालित कार्यक्रममा बोल्दै ऋषिङ्ग गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले आज बालबालिकाका लागि गरिएको लगानिले भोलिको शैक्षिक भबिष्यको सुनिश्चितता गर्ने बताए । श्रेष्ठले यसतर्फ शिक्षक, बिद्यार्थिहरुका अलावा अभिभावक , शिक्षाप्रेमी तथा समाजका बुद्धिजिविहरुको कृयाशिलता निरन्तर हुनपर्नेमा जोड दिए । गाउँपालिकाले वितरण गरेको शैक्षिक सामाग्री संकेतात्मक रुपमा यसले बोकेको महत्व अर्थपुर्ण रहेको र गाउँपालिकाको शैक्षिक बिकासको लागि सबै पक्षको सहयोग आवश्यक रहेको छ उनले भने ।
जस अनुसार बुधबार वडा नं ४ स्थित बालबिकास मा.वि. मा शैक्षिक सामाग्री बितरण गरिएको थियो । गाउँपालिका भित्रका १२६१ जना बिद्यार्थिहरुले कपि सिसाकलम कटर ईरेजर लगायत शैक्षिक सामाग्री प्रदान गरिएको हो । केन्द्र क अन्तरगत ऋषिङ्ग-८ स्थित शिवसरस्वती मा बि मा गत २८ गते बितरण गरिसकिएको र तेश्रो चरणको कार्यक्रम शुक्ला मा वि ऋषिङ्ग १,झापुटारमा हुने शिक्षा अधिकृत सुवासचन्द्र रानाभाटले जानकारी दिए । बिद्यार्थिहरुका लागि शैक्षिक सामाग्री वितरण कार्यक्रम प्रभावकारी रहेको छ रानाभाटले भने । केन्द्र क अन्तर्गतका २० वटा बिद्यालयमा गत पौष २८ गते वितरण गरिसकेको र केन्द्र ग मा छिट्टै शैक्षिक सामाग्री वितरण गरिने गाउँपालिकाले जनाएको छ ।