
दमौलीः व्यास नगरपालिका वडा नम्बर–१० स्थित छाङ्गाबराही खहरे टोल विकास संस्थाको अध्यक्षमा रमाकान्त ढुंगाना चयन भएका छन् ।
मंगलबार सम्पन्न संस्थाको २२ औं साधारण सभा एवम ११ औं अधिवेशनले ढुंगानाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । संस्थाको उपाध्यक्षमा देवीप्रसाद भुषाल, सचिव प्रेम गिरी विशाल तथा कोषाध्यक्षमा पुष्पा सापकोटा छन् ।
यस्तै, संस्थाको सदस्यहरुमा देवकी सापकोटा, लालबहादुर दरै, विष्णु लामिछाने, नवराज ढुङ्गाना र कुलराज सापकोटा रहेको नवनिर्वाचित सचिव विशाल गिरीले बताए ।
दयाराम शर्माको सभापतित्वमा भएको कार्यक्रममा लक्ष्मी परियार , निवर्तमान उपाध्यक्ष रमाकान्त ढुङ्गाना, बलबहादुर शाही, देवीप्रसाद भुषाल, अनिता बानियाँ, अस्मिता बानियाँ, रामचन्द्र ढकाल, लगायतले बोलेको गिरीले बताए ।