एक्लै बहुमत ल्याउन कम्युनिष्ट सहकार्य तोडौंः भण्डारी

  • ख-
  • ख+

दमौली : नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले कम्युनिष्टहरुसंगको सहकार्य तत्काल तोड्नुपर्ने बताएका छन् ।

कम्युनिष्टसँगको सहकार्य जति बढायो त्यति नै काग्रेसलाई घाटा हुने भन्दै सहकार्य तत्काल तोड्नुपर्ने उनले जिकिर गरे ।

कम्युनिष्टहरुलाई कांग्रेसले सँधै विश्वास गर्दै आएको भएपनि घात गर्ने काम कम्युनिष्टहरुबाट भएको उनले आरोप लगाए ।

केन्द्रीय सदस्य भण्डारीले नेपाली काँग्रेस तनहुँ क्षेत्र नं १ को पदस्थापना कार्यक्रममा उनले तीन तहको निर्वाचनको पूर्व सन्धयामा एक्लैले बहुमत ल्याउनका लागि कांगेस आजै देखि तयारीमा जुट्नु पर्ने बताए ।

खासगरी निर्वाचनका तयारीका लागि वडा तहसम्म कार्यक्रम लिएर जिल्ला कार्य समिति जानुपर्ने भन्दै पार्टीको आन्तरिक प्रतिस्पर्धाको प्रतिसोध आजै त्याग्नुुपर्ने जिकिर गरे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्