
विकास खनाल
दमौली: व्यास नगरपालिका वडा नं ११ स्थित दरैपधेरा नजिक एक पुरुष मृत अवस्थामा फेला परेका छन् । करिब ४० वर्ष उमेरका देखिने ती पुरूष पाेखरा अासपासकाे भएकाे ठानिएपनि थप खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यलय तनहुँले जनाएको छ ।
ती पुरुषको टाउकोमा कोदालो प्रयोग गरी हत्या गरेको जस्तो देखिएको घट्नास्थलमा पुगेका प्रहरीले बताएका छन् । अहिले उक्त घट्नास्थलमा पोखराबाट अनुसन्धानको लागि कुकुर सहितको टोली खटिएको छ ।
साथै गुप्तचरी र कल डिटेल हेर्ने टोली पनि खटिएका छन् । स्थानीयबासीले ती व्यक्तिलाई विहानपख घाेप्टाे परेको अवस्थामा देखेपछि प्रहरीमा खबर गरेका थिए । अहिले घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ