म¥र्याङ्गदीको वार्षिकोत्सव

  • ख-
  • ख+

भानु: भानु नगरपालिका वडा नं. ३ खहरे बगैंचामा रहको मस्र्याङ्गदी आधारभूत विद्यालयकोे ३४ औं वार्षिकोत्सव तथा अभिभावक सम्मेलन सम्पन्न भएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण राना मगरको सभापतित्वमा भएको थियो ।कोरोनाको जोखिम बढ्दै गएका कारण विद्यालयले विद्यालय ब्यवस्थापन समिति, शिक्षक, कर्मचारी, चन्दादाता, विद्यार्थीहरु र अभिभावक मात्रै सहभागी गराएर आफ्नो वार्षिकोत्सव मनाएको हो ।

कार्यक्रममा बोल्दै समितिका अध्यक्ष रानाले शिक्षक, अभिभावक र विद्यार्थीहरुको सयुक्त प्रयासबाट मात्रै शिक्षाको गुणस्तर वृद्धि गर्न सकिनेमा जोड दिएका छन ।यस्तै कार्यक्रमका प्रमुख अतिथि एवं संस्थापक अध्यक्ष सूर्य कुमार श्रेष्ठले विद्यालयको चौतर्फी विकासका लागि सबै एक जुट भएर लाग्नु पर्ने बताए ।

साथै विद्यालयका लागी पक्की भवन नहुँदा आधुनिक प्रविधि मैत्री शिक्षण सिकाई क्रियाकलाप संचालन गर्न कठिन भएको पनि उनले बताए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शम्भुप्रसाद न्यौपानेले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । बाषिकोत्सव समारोहमा विद्यालयका पूर्व अध्यक्ष, संस्थापक सदस्य लगायत विद्यालयलाई सहयोग गर्नेलाई सम्मान गरिएको थियो ।

साथै विभिन्न चन्दादाताहरुले स्थापनाका गरेका अक्षयकोषबाट विभिन्न बिधामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कार समेत बितरण गरिएको थियो । कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक ईश्वरबहादुर देवकोटाले गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्