एमाले तनहुँ अधिवेशनः उपाध्यक्षमा हरिराज, सचिवमा राजेश्वर विजयी

  • ख-
  • ख+

दमौलीः ऋषिङमा जन्मिएका दुई नेता एमालेको महत्वपूर्ण पदमा निर्वाचित भएका छन् ।
नवौं अधिवेशनको सोमवार सार्वजनिक परिणामअनुसार पार्टीको उपाध्यक्षमा हरिराज कंडेल तथा सचिवमा राजेश्वर ढकाल विजयी भएका छन् ।

आईतबार राती भएको निर्वाचनको परिणामअनुसार उपाध्यक्षमा विजयी कँडेलले भीमाद नगरपालिकाका प्रमुख मेखबहदुर थापालाई पराजित गरे ।

निर्वाचन समितिका अनुसार विजयी कँडेलले तीन सय ६४ मत पाए । प्रत्यासी थापाले एक सय ६८ मत पाए ।
सचिवमा विजयी ढकालले तीन सय २० मत पाएर जित्दा उनका प्रतिष्पर्धी विष्णुभक्त सिग्देलले दुई सय १९ मत पाए ।

उपाध्यक्षमा विजयी कँडेल र सचिव ढकाल दुवै सँगै हुर्के खेलेर संगठनमा लागेका हुन् । दुवै ऋषिङका भए पनि कँडेल हाल देवघाट गाउँपालिकाबाट प्रतिनिधि निर्वाचित भएका थिए ।

अधिवेशनबाट अध्यक्षमा श्रीप्रसाद श्रेष्ठसहित, प्रदीपराज अधिकारी र खिम कुमाल यस अघि नै सर्वसम्मत भएका छन् ।

खुलातर्फका सदस्यसहित मतदान भएका जिल्ला कमिटी सदस्य पदको परिणाम आउन बाँकी छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्