नेतृत्व विकास अन्तर्गत ३ दिने प्रशिक्षण

  • ख-
  • ख+

दमौली : व्यास नगरपालिका वडा न ११ ले नेतृत्व विकास अन्तर्गत ३ दिने क्षमता विकास तालिम प्रशिक्षण कार्यक्रम गरिएको छ ।

कार्यक्रममा महिला नेतृत्व विकास का लागि आवश्यक नेतृत्व, लैंगिक अवधारणा, समावेशी बजेट,भाषण कला ,कार्यक्रम प्रस्तोता, प्रस्तावपत्र,लेखन गत पदीय दायित्व लगाएतको विषयमा प्रशिक्षण दिईएको थियो ।

नेतृत्व विकास अन्तर्गत ३ दिने क्षमता विकास तालिम प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै व्यास नगरपालिकाकी उप प्रमुख मिरा जोशीले, हरेक वडाका महिलाहरुको नेतृत्व बढाउदै आर्थिक क्रान्ति संगै महिलाको क्षमता, माथि उठाउन सकिने भएकाले नगरपालिकाका हरेक वडाहरुले क्षमता विकास प्रशिक्षण कार्यक्रमलाई जोड दिनु पर्ने बताईन ।

व्यास नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष तथा कार्यक्रमका सभापति निर बहादुर खड्काले तालिमलाई उपलब्धिमुलक वनाउन नेतृत्व बढाउन,प्रशिक्षणमा समर्पित भई व्यवहारमा लागु गर्नु पर्ने धारण राखे । त्यस्तै कार्यक्रममा सहभागि सोहि वडाकी महिला सदस्य केशरी दुराले सम्पुर्ण सहभागि महिलाहरुले यसलाई अवसरको रुपमा लिदै क्षमता विकास गर्नु पर्ने धारण राखिन् ।

प्रशिणमा प्रमुख प्रशिक्षक महिला सशक्तीकरण सञ्चार समाजकी अध्यक्ष तथा दमौली न्युजकी सह– सम्पादक प्रकृति खनालले सवै सहभागि प्रशिक्षार्थीले ध्यान दिएर तालिम सफल बनाउन आग्रह गरेकी थिईन ।

कार्यक्रममा हरेक टोलबाट १ जना महिला सहभागिता गराईएको थियो । प्रशिक्षण कार्यक्रममा उपस्थित वक्ताहरुले महिलाको क्षमता बढाउनु पर्ने धारण राख्दै प्रशिक्षण कार्यक्रम राखेकोमा वडा कार्यालय लाई धन्यवाद दिएका थिए ।

व्यास नगरपालिका वडा नं. ११ का टोलका १ जना महिलाहरुको सहभागिता रहने सो तालिम ३ दिन सम्म संचालन हुने व्यास नगरपालिका वडा नं. ११ का सचिव शङखरदेव पौडेलले जानकारी थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी