अब भीडभाडमा जाँदा खोप प्रमाणपत्र, विद्यालय माघ १५ सम्म बन्द

  • ख-
  • ख+

काठमाडौंः कोरोनाको ओमिक्रोन भेरिएन्ट फैलन सक्ने त्रासमा सरकारले केही कडाइ थालेको छ । विद्यालय बन्दका अतिरिक्त भीडभाडका ठाउँमा जाँदा खोप लगाएको प्रमाण पेस गर्नुपर्ने निर्णय सरकारी एक उच्चस्तरीय समितिले गरेको छ ।


सरकारले रेष्टुरेन्ट, फिल्म हल, क्लब, पार्कलगायतका सार्वजनिक ठाउँमा प्रवेश गर्न खोप कार्ड अनिवार्य गरेको छ। कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)को आज बसेको बैठकले यस्तो निर्णय गरेको प्रवक्ता सुनिता नेपालले बताए ।

उनका अनुसार होटेल, फिल्म हल, क्लब, पार्कलगायतका ठाउँमा खोप कार्ड अनिवार्य गरेको हो । त्यस्तै माघ १५ गतेसम्मलाई विद्यालय बन्द गर्नुका साथै सार्वजनिक स्थालमा भीडभाड गर्न रोक लगाएको छ भने राजनीतिक भेला र मेला महोत्सवमा समेत बन्देज लगाइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्