नेकपा एमाले अधिवेशनः पत्रकार भट्टराईसहित व्यासबाट सबै सर्वसम्मत

  • ख-
  • ख+

दमौलीः नेकपा एमालेको नवौं जिल्ला अधिवेशनअन्र्तगत व्यास नगरपालिकाबाट खुला सदस्यमा सर्वसम्मत भएको छ ।

आईतबार बिहान भएको सहमतिअनुसार नगर कमिटी सदस्यमा व्यासबाट प्रेमप्रसाद पौडेल, ईश्वरबहादुर बिष्ट, प्रकाशचन्द्र भट्टराई, अर्जुन नागिला र बमबहादुर थापा पुरुषतर्फ सर्वसम्मत भएको नेता ताराराम श्रेष्ठले जानकारी दिए ।

महिलातर्फ भने बेदुकुमारी वाग्ले र बिन्दु बस्नेत सर्वसम्मत भएका छन् ।
जिल्ला पदाधिकारी तथा अरु भूगोलमा पनि सहमति जुटाउने प्रयास भैरहेको उनले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी