तालघरेमा पिक अप पल्टँदा चालकको मृत्यु

  • ख-
  • ख+

दमौली: व्यास १ तालघरे मा पिक अप भ्यान पल्टँदा एक चालकको ज्यान गएको छ ।


आईतबार बिहान करिब साढे तीन बजे भएको दुर्घटनामा दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ग ३ च ३७७८ नं. को पिकप भ्यान सडकमा पल्टिएको थियो ।


घटनामा परी घाइते चालक करिब ३५ वर्गका युवकको दमौली अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ ।


अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ । भ्यानमा चालक मात्र सवार रहेको बताइएको छ । उनको परिचय खुल्न सकेको छैन ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी