नेपाल शिक्षक संगठन अध्यक्षमा : पोख्रेल

  • ख-
  • ख+

बन्दिपुर: नेपाल राष्ट्रिय शिक्षक संगठन बन्दिपुर गाउँ कमिटी को दोस्रो अधिवेशन सम्पन्न भएको छ ।

ध्रुवराज सिग्देलको अध्यक्षतामा १४ कार्यसमिति गठन गरिएको छ । कार्यसमितिमा अध्यक्ष रामविलास पोख्रेल सर्वसम्मत निर्वाचित भएका छन् भने महिला उपाध्यक्ष चन्द्र कला भट्टराई छन् भने त्यसै गरी अर्का उपाध्यक्ष लिल बहादुर गुरुङ चयन भएका छन् ।

सचिव राम बहादुर पौडेल, सहसचिव नविन शर्मा कोषाध्यक्ष शुक्ला घिमिरे र सह कोषाध्यक्ष मा पुजा राना सर्वसम्मत चयन भए । त्यसै गरी सदस्यहरु मा राम प्रसाद खनाल, राम नाथ नेपाली,सुख माया गुरुङ,भोज बहादुर थापा, तेजबहादुर पन्त चयन भएका हुन भने महिला सदस्यमा सपना श्रेष्ठ र ईश्वरी खड्की रहेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्