‘जिउँदा सहिद’ बस्यालले तनहुँको सदस्यमा उम्मेदवारी दिने

  • ख-
  • ख+

भिमाद : नेपाल कम्युनिष्ट पार्टि एमालेको नवौ जिल्ला अधिवेशनमा सदस्य पदको उमेद्वारी विर बहादुर बस्याले दिने भएका छन् ।

पार्टिको विभिन्न पदमा रही काम गरि सकेका बस्यालले यस पटक जिल्ला सदस्यमा रहि काम गर्ने ईच्क्षा रहेको बताएका छन् । जन वर्गिय संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाजको जिल्ला सदस्य तथा भिमाद नगर पालिका ईन्चाज रहेका वस्याल २०४४ साल देखि नेकपा एमालेमा राजनिति शुरु गरेका वस्याल २०४६ सालको जन आन्दोलनमा सक्रिय मुभिका खेलेका थिए ।

२०४९ सालको स्थानिय चुनावमा आक्रमणमा परि मर्यो भनिएका जिउदो सहिदको रुपमा पनि परिचित छन् । लामो समय देखि आफ्नो जिवन पार्टिलाई सुम्पेका वस्याल यस पालि पार्टीले आफ्ने पदको सम्मान गर्ने विश्वास का साथ आफु सदस्यमा विजय हुने पनि बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्