मिस्टर टिन ईन्टरनेशनलमा दमौलीका कार्की सेकेण्ड रनरअप

  • ख-
  • ख+

दमौलीः मिस्टर टिन इन्टरनेशनल प्रतियोगितामा दमौलीका शुदिप कार्कीले सेकेन्ड रनरअपको ताज पहिरिन सफल भएका छन् । देशैभरका सयौं प्रतिस्पर्धीलाई पछि पार्दै कार्की सेकेन्ड रनर अप भएका हुन् ।

व्यास ४ घर भएका कार्कीले सेकेन्ड रनर अपको उपाधी चुम्न सफल हुँदा जिल्लाकै नाम राख्न सफल भएको जिल्लावासीले टिप्पणी गरेका छन् । कार्कीका बुवा देव कार्कीले छोराको उपलब्धीले निकै खुशी तुल्याएको बताए ।

‘छोरो सानैदेखि मेहेनती र लगनशील छ, आफुले मनले आँटेको काममा दत्तचित्त भएर लाग्छ र फत्ते गरिछाड्छ यो उपाधी पनि त्यसैको उपज हो,’ खुशी हुँदै उनले भने ।

सुदिपकी आमा आशा कार्कीका अनुसार सुदिपले यस अघि जेसिआइ व्यास नगरको प्रतिष्ठित प्रतियोगिता सेकेन्ड रनरअपको ताज पनि पहिरिसकेका थिए ।

सुदिपले आफुलाइ यस किसिमको सफलता सम्म पुर्याउन साथ सहयोग र हौसला दिने दिदिहरू सुनिता कार्की , सरिता कार्की र मनिशा कार्कीका साथै बुवा आमा एवं साथी भाइप्रति धन्यवाद दिएका छन् । ‘म खासगरी मलाई धेरै माया गर्ने दिदीहरूकै प्रेरणाबाट सफल भएको हो,’ सुदिपले भने ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी