होटल व्यवसायी संघ तनहुँले नवीकरण शुल्क नलिने

  • ख-
  • ख+

दमौलीः होटल व्यवसायी संघ तनहुँले सदस्यता नवीकरणको शुल्क नलिने घोषणा गरेको छ । आईतबार बसेको संघको कार्य समिति बैठकले कोरोनाको मारमा व्यवसायी परेको निष्कर्ष निकाल्दै यस वर्ष नवीकरण शुल्क नलिने निर्णय गरेको अध्यक्ष दुर्गाविलाश भट्टराईले जानकारी दिए ।

संघका अध्यक्ष दुर्गाविलाश भट्टराई अध्यक्षताको बैठकले कोरोनाको मारका बेला व्यवसायीलाई मर्का परेको उल्लेख गर्दै यस वर्षका लागि शुल्क नलिने निर्णय गरेको हो ।

भट्टराईले शुल्क नलिइकन नवीकरण गर्दा केही हदसम्म भए पनि व्यवसायीलाई राहत पुग्ने भएकाले यस्तो निर्णय गरिएको जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्