ज्येष्ठ नागरिक अध्यक्षका लागि तीन दावेदार, दुई प्यानल, अधिवेशन स्थगित

  • ख-
  • ख+

विकास खनाल
दमौलीः
नयाँ अध्यक्षमा सहमति जुट्न नसक्दा ज्येष्ठ नागरिक मिलन केन्द्र दमौलीको अधिवेशन लम्बिएको छ ।

दावेदार हालका अध्यक्ष शालिकराम गिरी र रामचन्द्र पण्डित प्यानल नैं खडा गरेर मैदानमा उत्रेका छन् ।

अध्यक्षमा राजकुमार श्रेष्ठले बिना प्यानल एकल उमेदवार घोषणा गरेका छन् । यसरी तीन जनाको उम्मेदारी परेपछि आज सहमति हुन नसकेको र भोलिसम्ममा सहमति हुन नसके निर्वाचनमा जाने तयारी भएको केन्द्रले जनाएको छ ।

कुल ३ सय ९८ सदस्य रहेको यश केन्द्रको भवन पञ्चमन्दिर हाताभित्र छ । यश अगाडि केन्द्रको पाँचौं अधिवेशनको व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले उद्घाटन गरेका थिए । उनले दमौली र आसपास एउटा मात्रै ज्येष्ठ नागरिक आश्रम भए उत्तम हुने , बरू त्यसलाई ब्यबस्थित बनाउनुपर्ने आफ्नो धारणा रहेको बताए ।

‘उनले सहयोग आवश्यक परे नीतिगत रूपमा पास गरेर ल्याउनुस नगरपालिका सहयोग गर्न तयार छ ,’ न्यौपानेको भनाइ थियो । ज्येष्ठ नागरिक कोही घरमा अपहेलित छ भने त्यसको लागि नगरपालिकाले सहजिकरण गर्न तयार रहेको न्यौपानेले बताए ।

ज्येष्ठ नागरिकका लागि नगरपालिकाले निःशुल्क आखा उपचार गरेको न्यौपानेले बताए । कार्यक्रममा काशीनाथ न्यौपाने ,देवनिधि पन्त लगायतको उपस्थिति रहेको थियो ।

नगरपालिकाले निःशुल्क आखा उपचार गरेको न्यौपानेले बताए । कार्यक्रममा काशीनाथ न्यौपाने ,देवनिधि पन्त लगायतको उपस्थिति रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी