व्यास नगर कार्यपालिका निर्णय : मानुङमा केबलकार सम्झौतादेखि हजार रोपनीमा डिप्लोम्याटिक गार्डेन निर्माणसम्म (निर्णयसहित)

  • ख-
  • ख+

दमौलीः व्यास नगरपालिकाले एक हजार रोपनी क्षेत्रफलमा डिप्लोम्याटिक गार्डेन निर्माण गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको नगर कार्यपालिका बैठकले व्यास १० शिशुवा भतेरीमा यस्तो संरचना बनाउने भन्दै यसमा विभिन्न देशका पहिचान झल्कने वस्तु रहने उल्लेख गरेको छ ।

नगर प्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेका प्रवक्ता मोहनकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा छ ।

सम्बन्धित देशको पहिचान रहने गरी बनाइने भनिएको संरचनाले अन्तर्राष्ट्रिय पर्यटकीय प्रवद्र्धनमा सघाउने नगरपालिकाले उल्लेख गरेको छ । यसका लागि सम्बन्धित अन्तर्राष्ट्रिय संस्थासँग समन्वय गर्ने निर्णयमा उल्लेख छ ।

व्यास हिल्ससँग सम्झौता अघि बढाउने

नगर कार्यपालिका बैठकले यस अघि नै व्यास हिल्सबाट मानुङकोटमा केबलकारसहितका पर्यटकीय संरचना निर्माणका लागि आएको प्रस्ताव गण्डकी प्रदेश नीति योजना आयोगको सुझावका आधारमा प्रष्ट पार्न अनुरोध गर्दै सम्झौताको आवश्यक प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी