‘हामी व्यास नगर उवासंघमा छैनौं’

  • ख-
  • ख+

दमौलीः व्यास नगर उद्योग वाणिज्य संघका कार्य समितिमा रहेका केही पदाधिकारीहरुले आफूहरु नयाँ कार्य समितिमा नरहेको प्रष्टिकरण दिएका छन् ।

उनीहरुले एक विज्ञप्ति जारी गर्दै गत असोज १० गते व्यास नगर उद्योग वाणिज्य संघका नाममा भएको अधिवेशनबाट गठित समितिमा आफ्नो पनि नाम भएको सन्दर्भमा ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।

साधारण सदस्य समेत नरहेको अवस्थामा व्यवसायिक कुरा गर्न भनेर बोलाइएको बैठकमा विभिन्न पदमा राखिएको भनेर अबिर र खादा लगाइएको विज्ञप्तिमा छ ।

साथै , केहीलाई कार्यक्रममै सहभागी नहुँदा पनि विभिन्न पदमा राखिएको कुरा मिडियामार्फत आएकोप्रति आपत्ती प्रकट गर्दै उनीहरुले विज्ञप्तिमार्फत संस्थासँग सम्बन्ध नरहेको र आगामी दिनमा पनि नरहने उल्लेख गरेका छन् ।

विज्ञप्ति जारी गर्नेमा संस्थाको सचिव पदमा रहेका विकास खनाल, सह सचिवमा रहेका टिकाराम पनेरु तथा सदस्यमा रहेका सूर्य अधिकारी, बन्दना पुलामी, एकप्रसाद श्रेष्ठ र पूर्ण बिके छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्