
दमौलीः रेवान पोखराद्वारा आयोजित महोत्सवको झाँकीतर्फ तनहुँको म्याग्दे गाउँपालिका वडा ३ मा रहेको धँयेरे समाज सेवा आमा समूह प्रथम भएको छ ।
रेष्टुरेन्ट एण्ड बार एसोसिएसन ( रेवान ) पोखराद्वारा आयोजित २३ औ सडक महोत्सवमा विभिन्न समुदायबाट सहभागी झांकीहरुमध्ये धँयेरे समाज सेवा मगर आमा समूह प्रथम भएको नेपाल मगर संघ म्याग्देकी अध्यक्ष नरमाया आलेले बताइन् ।
‘दर्जनौं सहभागी टिमहरू लाई पछि पार्दै धयेँरे आमा समूह प्रथम भएको हो,’ आलेले भनिन् ।
प्रथम हुने टिमलाई कार्यक्रमका प्रमुख अतिथि गृहमन्त्री बालकृष्ण खाँडले पुरस्कार वितरण गरेका थिए ।