हाईस्क्रूलटारमा खेलकुद तथा सांस्कृतिक मेला शुरु, आज सञ्जिवसिंको प्रस्तुति

  • ख-
  • ख+

दमौलीः नवयुवा क्लबको आयोजनामा व्यास १ हाईस्कूलटारमा प्रथम खेलकुद तथा सांस्कृतिक मेला शुरु भएको छ ।

मेलाको पूर्व मन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीले उद्घाटन गरे । उनले क्लबको कार्य उदाहरणीय भन्दै प्रशंसा गरे ।

उद्घाटन कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य देवकुमार श्रेष्ठ, ऋषिङ उपाध्यक्ष गिनुमाया थापा, वडाध्यक्ष खरसिं दरै, क्लबका पूर्व अध्यक्ष जीवनचन्द, गिरीमाया मिश्रलगायतले बोलेका थिए ।

कार्यक्रमका सभापति एवं क्लबका अध्यक्ष सनम तामाङले हाईस्कूलटार क्षेत्रको पहिचानका साथै खेल र सांस्कृतिक सम्पदाको प्रचारका लागि मेला गरिएको बताए ।

शनिबारसम्म चल्ने मेलामा कलाकार प्रीती आले तथा बसन्त विकको पनि प्रस्तुति रहनेछ ।
शुक्रबार भने सञ्जिवसिं राना, चिना थापा, ललिता पुन तथा खेम सेञ्चुरीले गायन प्रस्तुती दिनेछन् ।
मेलाकै क्रममा भलिबल प्रतियोगिता पनि शुरु भएको छ ।

यसैगरी, शुक्रबारदेखि विद्यालयस्तरीय नृत्य शुरु हुने भएको छ । प्रतियोगिताको दमौली न्यूज अफिसियल मिडिया रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी