जन्मदिनमा सांसद खानद्वारा विपन्न बालबालिकालाई न्यानो कपडा

  • ख-
  • ख+

दमौलीः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)की केन्द्रीय सदस्य एवम् संघीय सांसद कलिला खानले आफनो जन्मदिनको अवसरमा न्यानो कपडा वितरण गरेकी छन् ।

जन्मदिनको अवसरमा फजुल खर्च गर्ने प्रचलन बढिरहेका बेला सांसद खानले आफनो ५४ औं जन्मदिनको अवसरमा बुधबार व्यास ११मा रहेको बलुमिङ्ग एकेडेमीका २४ विपन्न वर्गका बालबालिकालाई न्यायो कपडा वितरण गरेकी हुन् ।

चिसोबाट जोगिएर सहज वातावरणमा बाल सिकाईलाई प्रभावकारी बनाउन लुगा वितरण गरेको उनले बताईन् । ‘सानो उमेरमा बढी हौसला पनि चाहिन्छ,’ सांसद खानले भनिन्, ‘कोही सधैं कपडा किन्न सक्दैनन्, त्यसैले बालबालिकालाई न्यानो लुगा दिएकी हुँ ।’

रमाइलो गरेर जन्मदिन मनाउनुको साटो यस्ता क्रियाकलाप गर्ने हो भने सहयोग पनि पुग्ने उनले बताइन् ।

सांसद जस्तो व्यक्तिले यसरी गाउँमा रहेको विद्यालयमा नयाँ तरिकाले जन्मदिन मनाउनु अरुका लागि सिक्न लायक बनेको स्थानीय राममाया बोहोराले बताईन् । विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष कल्पना नेपालीले विद्यार्थीलाई जाडोको समयमा न्यानो कपडा वितरण गरेर विद्यार्थी र विद्यालयलाई गरेको सहयोगको प्रशंसा गरिन् ।

कार्यंक्रममा नेकपा एस तनहँुका सचिव श्रीराम कार्की, पार्टीका कार्यालय सदस्य हबिब खान, समाधान अस्पतालकी प्रमुख रुबिना खान लगायतको सहभागिता रहेको थियो । सांसद खानले व्यास ११ तनहुँसुरमा रहेका चेपाङ बस्तीका बालबालिकाहरुलाई पनि न्यानो कपडा समेत प्रदान गरेकी छन् ।

चेपाङ समुदायका जिल्ला अध्यक्ष रामबहादुर चेपाङलाई सांसद खानले हस्तान्तरण गरिन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी