विमलनगरको चुन पहरामा प्रथम राष्ट्रिय रक क्लाइम्बिङ महोत्सव सुरु

  • ख-
  • ख+

संजय श्रेष्ठ

दमौली: अल्पाइन क्लव,नेपाल पर्यटन बोर्ड तथा बन्दीपुर गाउँपालिकाको संयुक्त आयोजनामा शुक्रबार देखि पुस १२ गते सम्म तनहुँको बन्दीपुर -४ विमल नगरको चुन पहरामा प्रथम राष्ट्रिय रक क्लाइम्बिङ महोत्सव सुरु भएको छ । साहसिक क्लाइम्बिङ खेलका लागि ५० भन्दा धेरै सहभागीले नाम दर्ता गराएका र कार्यक्रम अवधि भर सयौ जनाले सहभागिता जनाउनेमा आफूहरु विश्वस्त रहेको गण्डकी अल्पाइन क्लवका अध्यक्ष नरेन्द्र शाहीले जानकारी दिए । यस खेलमा महिला र पुरुष दुवै तर्फ का प्रथमलाई जनही ५० ५० हजार तथा दितियहुनेहरु लाई २५-२५ हजार पुरस्कार को व्यवस्था गरिएको आयोजकले जानकारी दिए ।
गण्डकी प्रदेश भित्र रहेका हिमालहरू र साहसिक खेल हरुलाई प्रवर्द्धन गर्ने हेतुले क्लव लागि परेको बताए । क्लवले आकस्मिक मानवीय उद्धार (रेसक्यु)का लागि समेत आवश्यक तालिमहरु प्रदान गर्ने विषयमा काम गरी रहेको शाहीले जानकारी दिए ।

सडक विस्तारका क्रममा भत्काइने भनिएको चुन पहरालाई संरक्षणका लागि बन्दीपुर गाउँपालिका र सिद्ध गुफा व्यवस्थापन समितिले जिल्ला प्रशासन कार्यालय लगाएत केन्द्रिय स्तरमा समेत पहल गर्दै आएको पालिका अध्यक्ष पूर्ण सिं थापाले जानकारी दिए । हिमाल चढ्नेहरुका लागि पूर्व तयारीका हिसाबले अन्य स्थानहरूका तुलनामा हावा पानी र खर्चका दृष्टिले उत्तम गन्तव्य रहेको बताए । चुन पहरा पनि साहसिक खेलको लागि सम्भावना बोकेका सो पहरामा भिया फेरता नामक साहसिक खेल लगाएतका प्याकेज ल्याउन लागेको थापाले जानकारी दिए ।



कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी