कांग्रेसको कोभिड सूचना संयोजकमा पौडेल

  • ख-
  • ख+

दमौली: नेपाली कांग्रेसको कोभिड १९ अनुगमन केन्द्रीय समितिले तनहुँको सूचना संयोजकमा विद्यार्थी नेता शंकर पौडेललाई चयन गरेको छ ।

पार्टीले गठन गरेको कोभिड १९ अनुगमन समितिलाई संक्रमणले तनहुँ जिल्लामा पारेको प्रभाव, केन्द्र, प्रदेश तथा स्थानीय सरकारले खेलेको भूमिका तथा पार्टी नेतृत्वले खेलेको भूमिकाका विषयमा जानकारी दिनका लागि संयोजन गर्ने जिम्मेवारी तोकेको छ ।

समितिका संयोजक एवं पार्टी सह महामन्त्री डा. प्रकाशशरण महतद्वारा प्रेषित मनोनयन पत्रमा जिल्ला समितिको समन्वयमा रहेर भएका र हुन सक्ने लक डाउनका कारण परेका प्रभावका बारेमा निरन्तर रुपमा सूचना उपलब्ध गराउन भनिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी