तनहुँ महोत्सव बीपी वनवाटिका मैदानमै गर्न दिने नगरपालिकाको निर्णय

  • ख-
  • ख+

दमौलीः तनहुँ महोत्सव बीपी वन वाटिका मैदानमै गर्न व्यास नगरपालिकाले अनुमति दिएको छ ।

यस अघि नै हाल खेल मैदानका रुपमा परिणत भएको स्थानमा महोत्सव गर्न नदिने नगरपालिकाले बताए पनि तनहुँ उद्योग वाणिज्य संघले सोही ठाउँमा हुनुपर्ने माग गरेको थियो ।


संघसँगै दमौली बजार इकाई, आदिवासी जनजाती महासंघ जिल्ला समिति र तनहुँ उद्योग वाणिज्य संघले मैदानमै महोत्सवका लागि अनुमति मागेको भन्दै नगर कार्यपालिकाको बुधबारको बैठकले मैदानको पर्खालभित्र सीमित गरेर महोत्सव गर्न अनुमति दिएको छ ।


जिल्ला समन्वय समिति तनहुँ, जिल्ला प्रशासन कार्यालय तनहुँ संग समन्वय गरी दमौली सेन्ट्रल पार्क अनसन चौतारी खुल्ला नै रहने गरी खेलकुद मैदानको पर्खाल भित्र मात्र महोत्सव लाई केन्द्रीत गर्ने गरी अन्तिम एक पटकलाई मात्र खेलकुद मैदान महोत्सवका लागि उपलब्ध गराउने निर्णय गरिएको नगरपालिकाद्वारा कार्यपालिका बैठकपछि जारी विज्ञप्तिमा छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्