सामाजिक दूरीसहित आदिकविमा परीक्षा

  • ख-
  • ख+

दमौली: व्यास नगरपालिकाले सामाजिक दूरीसहित भौतिक कक्षा सञ्चालन समेतको अनुमति दिए पछि आदिकवि भानुभक्त क्याम्पस व्यास १ विज्ञानचौरले सामाजिक दूरीसहित कक्षा ११ का लागि विज्ञान विषयको प्रवेश परीक्षा सम्पन्न गरेको छ ।

परीक्षामा ५४ विद्यार्थी समावेश भएकामा ४४ जना उत्तीर्ण भएको क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले जानकारी दिए ।

परिक्षा लगत्तै क्याम्पस समीक्षा हलमा आयोजित संक्षिप्त अभिमुखिकरण कार्यक्रममा परिक्षाका सहभागी विद्यार्थी र अभिभावकहरुलाइ क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले क्याम्पसको भौतिक शैक्षिक र प्रशासनिक विषयमा जानकारी गराएका थिए ।

सो अवसरमा सहायक क्याम्पस प्रमुख आत्माराम बाँस्तोलाले उपस्थित सबैलाई स्वागत गरेका थिए ।क्याम्पसले प्रवेश परिक्षाको नतिजा परिक्षा भएको १५ मिनेटमै सार्वजनिक गरेकोे क्याम्पसले जनाएको छ ।

परीक्षामा प्रथम हुने विमल चँदारालाइ क्याम्पसको नियमानुसार २ महिनाको मासिक शुल्कमा छुट गर्ने क्याम्पसले जनाएको छ । क्याम्पसले कक्षा ११ र १२ को विज्ञान विषयको पठन पाठन भौतिक दूरी कायम गर्दै स्वास्थ मापदण्डका साथ आगामी असोज १५ गतेबाट शुरु गर्ने क्याम्पसले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी