दमौलीमा अब खरायोको तास

  • ख-
  • ख+

दमौलीः मासुका पारखीलाई दमौलीमा खुशीको खबर छ । व्यास २ पदम चोकको पिएसएन सेकुवा कर्नरले खरायोको तास बिक्री थालेको छ ।

दमौलीमा पहिलो पटक नयाँ स्वाद पस्कन थालेको दाबी पिएसएनको छ । ‘दमौलीमा पहिलो पटक फरक स्वाद पस्कन लागेका छौं,’ उनले भने,‘ग्राहकले रुचाउनुहुनेछ भन्ने विश्वास लिएका छौं ।’


स्वास्थ्यका दृष्टिले पनि उपयुक्त भएकाले नयाँ परिकारले ग्राहक तान्ने पिएसएनको विश्वास छ । मुटु, मधुमेह, रक्तचाप तथा कोलेस्ट्रोलका समस्या भएका व्यक्तिका लागि खरायोको मासु लाभदायक हुने भएकाले उनीहरुका लागि समेत लक्षित गरी परिकार ल्याएको सञ्चालक सुनिल बुढाथोकीले बताए ।

‘स्वास्थ्यप्रति सचेत रहन चाहनेका लागि यी परिकारले फाइदा गर्नेछ,’ उनले भने ।
लामो समय लक डाउनमा बन्द रहेको कर्नर हालै नयाँ परिकारसहित सञ्चालनमा आएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी