किसान संघ सभापति रेग्मीको निधन

  • ख-
  • ख+

दमौलीः नेपाल किसान संघ तनहुँका सभापति गौरवराज रेग्मीको निधन भएको छ । नेपाल रेडक्रस सोसाइटी तनहुँका पूर्व उप सभापति समेत रहेका रेग्मीको उपचारका क्रममा पोखरा पश्चिमाञ्चल सामुदायिक अस्पतलमा निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।

मुटुको समस्या देखिएपछि उनलाई उपचारका लागि शनिबार लगिएकामा आईतबार विहान पाँच बजे अस्पतालमै निधन भएको बताइएको छ ।

७७ वर्षका रेग्मी साविक मनपाङ गाउँ पञ्चायतका पूर्व प्रधानपञ्च पनि थिए । उनी नेपाली कांग्रेसका जिल्ला सदस्यसँगै रेक्रडक्रस सोसाइटी तनहुँका उप सभापति लगायत विभिन्न सामाजिक संघ संस्थामा जिम्मेवारीमा रहिसकेका थिए ।

कांग्रेसको नेतृत्वमा भएका प्रजातान्त्रिक आन्दोलनमा रेग्मीको सक्रिय र महत्वपूर्ण सहभागीता रहने उनलाई नजिकबाट चिन्नेहरु बताउँछन् ।

साँगे निवासी रेग्मीको आईतबार व्यास ५ स्थित बेनीघाटमा अन्त्येष्टि गरिएको छ । उनको पार्थिव शरिरमा नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य ध्रुव वाग्ले तथा पार्टी सभापति बैकुण्ठ न्यौपाने तथा कार्यवाहक सभापति जीतप्रकाश आलेले पार्टीको झण्डा ओढाए ।

रेग्मीको अन्त्येष्टिमा पूर्व आमन्त्रित केन्द्रीय सदस्य अमरराज कैनीलगायतकांग्रेसका नेता कार्यकर्ता तथा जनप्रतिनिधिको बाक्लो उपस्थिती थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी