किसानले भने– सविधान बचाउन विश्वासको मत दिए

  • ख-
  • ख+

देव गजमेर

दमौली : नेकपा एकीकृत समाजवादीका केन्द्रिय नेता एवम् नेपाल सरकारका श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठ किसानले आफुले सविधान बचाउन विश्वासको मत दिएको जिकिर गरेका छन् ।

पाटन युवा क्लवले आयोजना गरेको प्रथम दमौली पाटन सांस्कृतिक तथा पर्यटन महोत्सवको उद्घाटन सत्रलाई शुक्रबार दमौलीमा सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् । “सविधान बचाउन र सर्वोच्च अअदालतको फैसलाको सम्मान गर्न मैले बाटो फेरेको हुँ ” महोत्सवलाई सम्बोधन गर्दै श्रेष्ठले भने– तनहुँ जिल्लाका महत्व मतदाताहरुको जुन विश्वास छ त्यो विश्वासलाई कदर गर्नको लागि मैले विश्वासको मत दिएर अगाडी आए ।


“ सरकार चलाउन नेपाली जन्ताले आफ्नो अमुल्य मत दिई पाँच वर्षको लागि दिए तर नसकेर दुई– दुई पटक सांसद विघटन गरियो । ” श्रेष्ठले थपे अव मेरो कार्यकालमा विशेष गरी श्रमजिविहरुको हकहितको लागि सधै तत्पर रहने पनि विश्वास दिलाए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्