अनि भावुक हुँदै वरिष्ठ नेता पौडेलले भने, ‘उसो भए म सन्याश लिएर घरै बस्छु’

  • ख-
  • ख+

काठमाडौंः कांग्रेस १४ औं महाधिवेशनको उम्मेदवारी मनोनयनका लागि केही दिन मात्र बाँकी रहँदा संस्थापनइतर समूहमा छलफल तीव्र बनिरहेको छ ।

यस्तैमा मंगलबार साझा उम्मेदवार तय गर्न बैठक बस्यो । त्यो शिलशिला बुधबार पनि जारी रह्यो । पहिले बत्तिसपुतलीको एक ब्याँक्वेटमा बैठक बस्यो । बैठकमा वरिष्ठ नेता पौडेलका पक्षमा नाम बढी चल्यो । यस अघि मंगलबार नै डा. शशांकले पौडेललाई साझा बनाउने हो भने पद दावेदारी छाड्ने घोषणा गरेका थिए ।


साझा उम्मेदवार छान्नुपर्ने दावी र महामन्त्री शशांकले आफ्ना नाममा समर्थन दिए पछि केही आशावादी भएका पौडेलले सोचेभन्दा प्रतिकुल अरु दुई आकांक्षीले मिल्ने छाँट नदिएपछि भावुक प्रस्तुती दिएको बैठकमा सहभागी नेता डा. रामशरण महतले बताए ।

डा. शशांकले दावी छाडे पनि पौडेलका पक्षमा सोचजस्तो समर्थन जुट्न सकेन । संस्थापनइतरबाट निर्विकल्प उम्मेदवार तय नगरे सभापति पदबाट शेरबहादुर देउवालाई हटाउन सम्भव नभएकोमा पहिल्यैदेखि जोड दिंदै आएका पौडेलले यसैमा बल गरिरहेका छन् ।

तर बुधबारको प्रकाशमान निवास चाक्सीबारीको बैठकमा भने अवस्था मिल्ने भन्दा प्रतिकुल हुन थाल्यो । न सेखर न प्रकाशमान कोही आफ्नो दावेदारीबाट एक डेग पछि नहट्ने देखियो ।

साझा उम्मेदवार छान्नुपर्ने दावी र महामन्त्री शशांकले आफ्ना नाममा समर्थन दिए पछि केही आशावादी भएका पौडेलले सोचेभन्दा प्रतिकुल अरु दुई आकांक्षीले मिल्ने छाँट नदिएपछि भावुक प्रस्तुती दिएको बैठकमा सहभागी नेता डा. रामशरण महतले बताए ।

उनका अनुसार आफ्ना नाममा सहमति नभए पछि उनी भावुक पनि बने । सबैजना लड्ने र नमिल्ने हो भने म पार्टीबाट बिदा हुन्छु अनि घरमै बस्छु । उनले सहमतिका लागि आफू लचक हुन तयार भए पनि एक मात्र उम्मेदवार चयन हुनुपर्ने अडान राख्ने क्रममा सहमतिको शंकेत नपाए पछि भावुक अभिव्यक्ति दिएको बुझिएको छ ।

तर बिहीबार अन्तिम रुप दिने बताएका नेताहरुले पौडेलको भावुकता अनि कोइराला र सिंहको अडानमा लगाम लगाउन सक्छन् कि सक्दैनन् , त्यसैमा संस्थापनइतर खेमाको भविष्य अनि सभापति देउवाको दोहोरिने चाहना अड्किएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी