म्याग्देमा विज्ञान शिक्षकको क्षमता अभिवृद्धि कार्यशाला

  • ख-
  • ख+

म्याग्देः म्याग्दे गाउँपालिकाले विज्ञान विषय शिक्षकहरूको क्षमता अभिवृद्धिका लागि ३ दिने कार्यशाला गोष्ठी सञ्चालन गरेको छ ।

गाउँपालिका भित्रका २० जना शिक्षकहरूको उपस्थिति रहेको कार्यशालाको प्रमुख अतिथि म्याग्दे गाउँपालिकाकी अध्यक्ष मायादेवी रानाले उद्घाटन गरिन् । कार्यशालाको उद्धघाटन गर्दै अध्यक्ष रानाले शिक्षकहरूको हरेक समस्या समाधान गर्न तत्पर रहेको बताइन् ।

कार्यक्रममा म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले अब छिट्टै म्याग्देका शिक्षकहरू लाई १ शिक्षक १ ल्यापटप को अवधारणा ल्याइने बताए । गाउँपालिका शिक्षा शाखा प्रमुख बुद्धिसागर खनालले यश किसिमको कार्यशालाले शिक्षकमा थप निपुर्णता आउने बताए ।

थर्पु स्थित मीन माविमा भएको कार्यशाला समापनमा सहभागी शिक्षकहरूले तालिममा सिकेका कुरा आदानप्रदान गरेका थिए ।

राधा माविका विज्ञान शिक्षक वेदबहादुर थापा , महेन्द्र माविका विज्ञान शिक्षक सपना थापा , गणेश माविका विज्ञान शिक्षक मदन सिग्देल मीन माविका प्रअ राजेन्द्र भण्डारी लगायतले यस्ता कार्यक्रमले शिक्षकहरू लाई पुनर्ताजगी गर्ने बताएका थिए ।

विज्ञान शिक्षक समाज म्याग्देका अध्यक्ष पुरूषोतम पौडेलको अध्यक्ष तामा भएको कार्यक्रमको सञ्चालन महेश भट्टराईले गरेका थिए । म्याग्देमा यसअघि पनि अंग्रेजी र गणित बिषयको कार्यशाला गोष्ठी सञ्चालन भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी