देउवाका उम्मेदवार अर्जुन, पौडेल शशांकका शुक्रराज, केन्द्रीय महाधिवेशनको असर पोखरामा

  • ख-
  • ख+

पोखराः नेपाली कांग्रेसको गण्डकी प्रदेश सभापतिका लागि संस्थापन र इतर समूह कम्मर कसेर आफ्नो टिम जिताउन लागिपरेका छन् । अधिवेशनको उम्मेदवारी मनोनयनको पूर्वसन्ध्यामा पोखरामा अहिले दुवै समूहको शक्ति प्रदर्शनको होड छ ।


साविक रुपमा बलियो ठानिएको वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरााला प्रभाव कायम राख्दै महाधिवेशनमा आफ्नो समूहको प्रभाव बलियो राख्न पनि गण्डकी प्रदेशमा सभापतिसहितका पदाधिकारी जित्नुपर्ने दबाबमा छ ।

संस्थापनले सभापति पहिल्यै घोषणा गरे पनि अरु महत्वपूर्ण पदाधिकारीको घोषणा गर्दैछ । इतरले पनि अन्तिम समयसम्म पनि आकांक्षीको व्यवस्थापन गरेर प्यानलको चिट मनोनयनपछि बाँड्ने तयारी गरेको छ ।


उता, नेतृत्वको होडमा फेरि पनि अघि बढ्न लागेका सभापति शेरबहादुर देउवालाई संस्थापनइतरको प्रभाव क्षेत्र गण्डकीमा आफ्ना उम्मेदवार जिताउन सके त्यसको सोझो मनोवैज्ञानिक प्रभाव महाधिवेशनमा पार्न सकिने विश्वास छ ।


यसकारण पनि सतहमा शुक्रराज शर्मा संस्थापनइतर र अर्जुन जोशी संस्थापन पक्षका उम्मेदवार बने पनि वास्तवमा सोझो लडाइं नै देउवा र पौडेल शशांकबीच भएको आँकलन धेरैले गरेका छन् ।

बिहिबार उद्घाटनका क्रममा संस्थापनले आफ्नो प्रभाव देखाउन खोजेकोमा इतरका नेताहरुले चर्को प्रतिवाद गरेबाट पनि यसपालीको पहिलो प्रदेश अधिवेशन कडा हुने ठानिएको छ ।
आज मनोनयन
शुल्क केन्द्रले तोकेभन्द्या बढी लिइएको भन्दै चर्को आलोचना खेपेपछि केन्द्रकै नियमअनुसारको शुल्क झारिएकाामा आज उम्मेदवारी मनोनयन हुँदैछ । संस्थापनले सभापति पहिल्यै घोषणा गरे पनि अरु महत्वपूर्ण पदाधिकारीको घोषणा गर्दैछ । इतरले पनि अन्तिम समयसम्म पनि आकांक्षीको व्यवस्थापन गरेर प्यानलको चिट मनोनयनपछि बाँड्ने तयारी गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी