सभापति आलेले भने, ‘सबैको मूल्यांकन गर्दै पार्टी चलाउँछु’

  • ख-
  • ख+

दमौलीः नेपाली कांग्रेस तनहुँका नवनिर्वाचित सभापति जीतप्रकाश आलेले पराजितको समेत मूल्यांकन गर्दै पार्टी चलाउने प्रतिवद्धता जनाएका छन् ।

निर्वाचनका विविध पाटोलाई कटाक्ष गर्दै सभापति प्रत्यासी बैकुण्ठ न्यौपानेले विज्ञप्ति जारी गरेको भोलीपल्ट आलेले जारी गरेको विज्ञप्तिमा उप विजेताको योगदानलाई समेत मूल्यांकन गर्दै सबल काङ्ग्रेस निर्माण अभियान चलाउने प्रतिवद्धता जनाइएको छ ।


उनले विज्ञप्तिमा सबैलाई यस अभियानमा सरिक हुन समेत आग्रह गरेका छन् ।

१४ औं महाधिवेशन अन्तर्गत जिल्लाका सबै तहको अधिवेशन अत्यन्तै उत्साहजनक तरिकाले सम्पन्न भएको र अधिवेशनबाट निर्वाचितलाई बधाई दिंदै विज्ञप्तिमा आलेले सफल कार्यकालको शुभकामना दिएका छन् ।

मंसिर ११ गते सम्पन्न जिल्ला अधिवेशन बाट जिल्ला सभापतिमा निर्वाचित गराउने र मतदानमा भाग लिने सबैप्रति आलेले आभार प्रकट गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी