व्यास नगर उद्योग वाणिज्य संघमा ‘सिंगापुरे’

  • ख-
  • ख+

दमौलीः व्यास नगर उद्योग वाणिज्य संघको अध्यक्षमा राजकुमार श्रेष्ठ ‘सिंगापुरे’ निर्वाचित भएका छन् । दमौलीमा सम्पन्न संस्थाको दोश्रो अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गरिएको हो । नवगठित कार्य समितिको उपाध्यक्षमा रस्मिला ताम्राकार, रामकुमार श्रेष्ठ र एकराम श्रेष्ठ चयन भएका छन् ।

संस्थाको महासचिवमा बालहरि अधिकारी, सचिवमा विकास खनाल चयन भएका छन् ।
संस्थाका सह–सचिवमा टिकाराम पनेरु, कोषाध्यक्षमा झनकनारायण श्रेष्ठ र सह–कोषाध्यक्षमा गणेश राज बाँस्तोला चयन भएका छन् ।

कार्य समितिका सदस्यहरुमा महेश मल्ल, सोम आले, सुर्य केसी, पोष्टमान श्रेष्ठ, डा.श्रीराम चन्द, मञ्जु पिया, बन्दना पुलामी, सीता श्रेष्ठ र पुर्ण बिके चयन भएका छन् ।

यसैगरी, बालकृष्ण आले, एकप्रसाद श्रेष्ठ, सुर्य देशभक्त अधिकारी, हबिबुल्ला मियाँ, नरजंग बराली, प्रवेश गुप्ता र दिपक श्रेष्ठ पनि सदस्यमा चयन भएका छन् ।

क्षेत्रगत रुपमा आठ सदस्य पछि थप्ने गरी कार्य समिति चयन गरिएको महासचिव अधिकारीले बताए । च्याम्बर अफ कमर्श तनहुँका अध्यक्ष महेन्द्रमोहन भट्टराई तथा संस्थाका संस्थापक अध्यक्ष शंकरनारायण श्रेष्ठले नवनिर्वाचित कार्य समितिलाई बधाई ज्ञापन गरे ।

संस्थाका निवर्तमान अध्यक्ष पूर्णकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निवर्तमान महासचिव ताराराम श्रेष्ठले पनि बोलेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी