पाटनमा दमौली पाटन साँस्कृतिक महोत्सवको तयारी

  • ख-
  • ख+

देव गजमेर

दमौली: अमुल्य भाषा संस्कृतिको संरक्षण गरौं, भाषा संस्कृतिको जर्गेना गर्दै पर्यटनको विकास गरौ भन्ने मुल नारा सहित प्रथम दमौली पाटन साँस्कृतिक एवं पर्यटन महोत्सव हुने भएको छ ।

पाटन युवा क्लबको आयोजनामा २०७८ मंसिर २४ गते देखि माघ ३ गते सम्म संचालन हुने महोत्सव व्यास ५ पाटनको खेल मैदानमा हुने आयोजकले बताएको हो ।

महोत्सवमा व्यापारिक प्रयोजनका लागि करिब १५० स्टल हुनेछन् । महोत्सवमा स्थानीयस्तरमा उत्पादित कृषि सम्बन्धित २० स्टलहरु रहने पनि महोत्सवका संयोजक पवन चुमी मगरले जानकारी दिए ।

पर्यटकीय धार्मिक, सांस्कृतिक र पुरातात्विक महत्व बोकेको ठाउँलाई चिनाउनको लागि पनि यो महोत्सवको आयोजना गर्न लागिएको पाटन युवा क्लबका अध्यक्ष अम्बर थापाले बताए । उनले भने,’आदिवासी जनजाती लगायत सवै धर्म संस्कृति प्रर्वद्धन गर्नको लागि पनि महोत्सवको आयोजना गरिएको हो ।’

महोत्सवमा स्थानीयस्तरमा उत्पादित कृषि सम्बन्धित २० स्टलहरु रहने पनि महोत्सवका संयोजक पवन चुमी मगरले जानकारी दिए ।

स्थानीय कला, संस्कृतिक धार्मिक रीतिरिवाज चालचलन पुरातात्विक वस्तुको संरक्षणको लागि पनि यो महोत्सवले ठुलो टेवा पुर्याउने विश्वास गरेको पनि बताए ।

महोत्सवमा राष्ट्रिय कलाकार देखि स्थानीय कलाकरहरुले मनोरञ्न दिने पनि बताईएको छ । साथमा बोटेजाति को रहन सहन संस्कृतिक झल्कने जस्ता कार्यक्रम पनि राखिने संयोजक मगरले बताए । महोत्सवमा चर्चित कलाकारहरुको समेत प्रस्तुती र विविध प्रतियोगिता समेत रहने आयोजकले बताएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी