कोशिशको मनोसामाजिक परामर्श अभिमुखिकरण

  • ख-
  • ख+

दमौलीः राष्ट्रिय मानसिक स्वास्थ्य स्वाबलम्बन संगठन (कोशिश)को मनोसामाजिक परामर्श सम्बन्धी स्याहारकर्ताहरूका लागि मानसिक स्वास्थ्य तथा मनोसामाजिक सुस्वास्थ्यसम्बन्धी अभिमुखिकरण कार्यक्रम दमौलीको टास्क भिलेजमा सम्पन्न भएको छ ।

कार्यक्रममा मनोविद् मनोज गजुरेलले प्रशिक्षण दिएका थिए । अभिमुखिकरण कार्यक्रममा मनोविद् गजुरेलले मनोसामाजिक समस्यामा परेका व्यक्तिको स्याहारकर्ता स्वयं पनि समस्यामा पर्न सक्छन् भन्दै यस्तो बेलामा स्याहारकर्ता कसरी सुरक्षित रहन सक्छ भन्ने बारेमा प्रशिक्षण दिएका थिए ।

सामुदायिक मनोसामाजिक कार्यकर्ता कल्याणबन्धु वाग्लेले अपांगता अधिकार ऐन र स्वास्थ्य बिमा सम्बन्धि प्रशिक्षण दिएका थिए भने कार्यक्रमको सहजीकरण कृष्णमाया थापाले गरेकी थिइन् । कार्यक्रममा २१ जनाको सहभागीता रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी