तनहुँ कांग्रेस अधिवेशनः गैर संस्थापन समूहले टुंग्यायो न्यौपाने नेतृत्वको टिम, को केमा लड्दै ?(सूचीसहित)

  • ख-
  • ख+

दमौलीः नेपाली कांग्रेसको आसन्न जिल्ला अधिवेशनको पूर्वसन्धयामा केन्द्रमा गैर संस्थापन निकट मानिने समूहले आफ्नो उम्मेदवार टुंग्याएको छ ।


वर्तमान पार्टी सभापति वैकुण्ठ न्यौपानेकै कार्यकाल दोहोर्याउने गरी उनी नेतृत्वको टिम बनेको हो । टिमअन्र्तगत उप सभापतिमा उदयराज गौली र किसान गुरुङ चुनाव लड्ने भएका छन् ।


सचिवमा मोहन गिरी र केशबहादुर सुनारले यस समूहबाट टिकट पाएका छन् ।

सह सचिवमा मिलन आले र घिरेश खनालले टिकट पाएका छन् ।

बाँकी पद पनि करिब टुगिएको बताइएको छ ।





कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्