कांग्रेस जिल्ला अधिवेशनः दुवै समूह प्यानल बनाउँदै, सभापति पक्का, अरु पदमा को को दाबेदार ? (सूचीसहित)

  • ख-
  • ख+

दमौलीः जिल्ला अधिवेशन एक दिन पछि सरे पनि नेपाली कांग्रेस तनहुँको जिल्ला अधिवेशनको माहोलले अहिले जिल्ला तातेको छ ।


सोमबार मात्र मत परिणाम सार्वजनिक भएसँगै नेताहरु जिल्ला अधिवेशनको तयारीमा छन् । केन्द्रमा संस्थापन समूहले जीतप्रकाश आलेलाई सभापति उम्मेदवारको घोषणा गरेको छ । कांग्रेस आमन्त्रित केन्द्रीय सदस्य ध्रुव वाग्लेले यसको पुष्टि गरे । तर उनले अरु पदका लागि छलफल र गृहकार्य भैरहेको दमौली न्यूजलाई बताए ।


यसैगरी, सार्वजनिक रुपमा धेरै बोल्न नचाहे पनि गैर संस्थापन पक्षबाट हालकै सभापति बैकुण्ठ न्यौपाने सभापति चुनाव लड्ने करिब निश्चित भएको छ । उनीनिकट नेता एवं जिल्ला कोषाध्यक्ष रेशम गुरुङले न्यौपाने नै उम्मेदवार हुने बताए ।


अहिले नेताहरु आफ्नो प्यानलबाट कसलाई टिकट दिने भन्ने गृहकार्यमा व्यस्त छन् ।
संस्थापनबाट उप सभापतिमा सहदेव अधिकारीको चर्चा छ । यसैगरी, रमेशचन्द्र हड्खले पनि दावेदार छन् ।


गैर संस्थापनबाट उदयराज गौली

शान्तिरमण वाग्ले,मिलन आलेको नाम पनि चर्चामा छ ।

सचिव पदमा गैर संस्थापनबाट केशबहादुर सुनार र मोहन गिरी तथा संस्थापनबाट लक्ष्मीभक्त खनालले टिकट पाएको चर्चा छ ।

अर्को सचिवको नाममा सहमति जुटाउने तयारी भैरहेको बुझिए पनि नेताहरुले आधिकारिक रुपमा यसको पुष्टि गरेका छैनन् । महेश्वर भट्टराई संस्थापनबाट दावेदार हुन् ।


क्षेत्र १मा बलियो गैर संस्थापन र २ मा बलियो संस्थापनबीच कडा प्रतिष्पर्धाको अड्कलबाजीका बीच दुवै समूह बलियो र जित्ने व्यक्तिलाई मात्र टिकट दिने पक्षमा छ । यसले पनि नेताहरुको गृहकार्य अब बढ्नेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी