कांग्रेस क्षेत्र २ मत परिणाम:महिलातर्फ राना र जनजातिमा थापाको सर्वाधिक मत

  • ख-
  • ख+

दमौलीः नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनमा खुल्ला महिला तर्फको महाधिवेशन प्रतिनिधिमा म्याग्दे गाउँपालिकाकी अध्यक्ष मायादेवी रानाले सर्वाधिक मत ल्याइ जितेकी छन् ।

यस अघि पनि महाधिवेशन प्रतिनिधि रानाले ४५५ लोकप्रिय मत ल्याइ चुनाव जितेकी हुन् ।
राना सँगै इन्द्राकुमारी सिग्देलले ३७६ , तुलसी माया अधिकारी र लक्ष्मी वाग्लेले समान ३६१ मत पाइ विजयी भएका छन् ।

जनजातितर्फ युवा नेता थापाको सर्वाधिक मत
कांग्रेस क्षेत्र नम्बर २ को निर्वाचन परिणामले जनजाति खुलातर्फको महाधिवेशन प्रतिनिधिमा मानुङका युवा नेता चामबहादुर थापाले सर्वाधिक मत पाएर चुनाव जितेका छन् ।

तत्कालिन नेविसंघका नेता थापा एकै पटक महाधिवेशन प्रतिनिधिमा लडेर सानदार जित पाउने भाग्यमानी बनेका छन् ।
तीन सदस्यका लागि भएको चुनावमा अधिकांश पदमा संस्थापनबाट विजयी भएका बेला गैर संस्थापनका थापाले भने सर्वाधिक मत पाएर चुनाव जिते ।


उनले ४४३ मत पाउँदा दोश्रो स्थानमा भिमबहादुर थापा मगरले ४४२मत पाएर चुनाव जिते ।
यसैगरी, तेश्रो स्थानमा व्यास नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले ४२१ मत पाएर जित दर्ता गरे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी