घाईते देवकोटाको उपचारको क्रममा मृत्यु

  • ख-
  • ख+

भन्सार : भानु नगरपालिका १ भन्सारमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखाको पालुङटार नगरपालिका –४ निवासी २४ वर्षिय सुर्वण देवकोटा रहेका छन् ।

तनहुँको डुम्रे बेसिशहर सडक खण्ड अन्तर्गत पर्ने डुम्रे तर्फ आउदै गरेको ना ६ख ९१३४ नम्बरको वस र सोहि दिसाबाट आएको बा ४५ प २३८३ नम्बरको स्कुटर ठक्करबाट देवकोटा गम्भिर घाईते भएका थिए ।

घाईते देवकोटाको दमौली हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

दुर्घटना बारे थप अनुसन्धानको लागि दुवै सवारी साधन र वसको चालकलाई नियन्त्रणमा लिएको पनि प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी