सर्वाधिक मत ल्याउँदै जीतप्रकाश आले महाधिवेशन प्रतिनिधि निर्वाचित, संस्थापन हावी, गैरबाट पनि विजयी (कसको कति मत )

  • ख-
  • ख+

बेलचौताराः नेपाली कांग्रेस क्षेत्र नम्बर २ को मतगणगना परिणामअनुसार खुलातर्फ सर्वाधिक मत ल्याएर कार्यवाहक सभापति जीतप्रकाश आले निर्वाचित भएका छन् ।

आले संस्थापन पक्षबाट पार्टी जिल्ला सभापति लड्ने चर्चा छ । यस्तोमा उनले आफूलाई एक प्रमुख दाबेदारका रुपमा अघि बढाएका छ्न ।

सोमबार साँझ सार्वजनिक मत परिणाम अनुसार आलेले ५८० मत पाए ।
१०जना निर्वाचित हुने सूचीको दोश्रो ठाउँमा रहेका पार्टीका आमन्त्रित केन्द्रीय सदस्य ध्रुव वाग्लेले ५६१ मत प्राप्त गरेर आफूलाई अब्बल दर्याए ।

विजयीको सूचीमा ऋषिङ गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ तेश्रो स्थानमा छन् भने । प्राडा कृष्णप्रसाद गौतम, नेता महेश्वर भट्टराई लगायत पनि विजयी भए । खुलामा गैर संस्थापनबाट विजयी हुनेमा गौतम,शुक्लागण्डकी नगर प्रमुख किसान गुरुन र मिलन आले पनि गैर संस्थापनबाट चुनाव जित्ने भाग्यमानी छन् ।

dcdc

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी