कांग्रेस क्षेत्र २ अधिवेशनः सभापतिमा चुडामणि खनाल,सचिवमा चन्द र घिमिरे निर्वाचित (अन्तिम मतसहित)

  • ख-
  • ख+

दुलेगौंडाः नेपाली कांग्रेस तनहुँ क्षेत्र नं २ को सभापतिमा चुडामणि खनाल निवाचित भएका छन्  ।  खसेको कुल  ८ सय ६० मत  मध्य ४४७ मत प्राप्त गरी उनि क्षेत्रीय सभापतिमा निर्वाचित भएका हुन् । उनका प्रत्यासी कृष्णराज पण्डितले ३९६ मत प्राप्त गरे ।

यसैगरी, सचिवमा खनाल प्यानलका जीवन चन्द तथा सन्तोष घिमिरे निर्वाचित भएका छन् ।

कुल खसेको मत मध्ये तनहुँ क्षेत्र न २ को (क) बाट ४ सय ४४ मत रहेको छ  भने, क्षेत्र नं. २ को (ख) बाट ४ सय १६ मत खसेको छ । तनहुँको क्षेत्र नं २ मा मतदाताको संख्या ८ सय ६६ रहेको थियो ।

सभापतिमा निर्वाचित खनाल नेपाल विद्यार्थी संघ तनहुँका अध्यक्ष समेत हुन ।

सभापति खनाल प्यानललाई केन्द्रमा संस्थापन समूहको साथ थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्