डा केसीको समर्थनमा दमौलीमा १९ घण्टे अनशन (भिडियो सहित )

  • ख-
  • ख+

दमौलीः चिकित्सा क्षेत्रमा सुधारको माग राख्दै अनशनरत डा. गोविन्द केसीको मागप्रति ऐक्यवद्धता जनाउँदै दमौलीका दुई युवाले अनशन थालेका छन् ।

दमौली ट्राफिक चोकमा अनशन थालेका युवाले १९ पटकसम्म अनशन बस्दा पनि सरकार उनका माग पुरा गराउनमा गम्भीर नभएको भन्दै १९ घण्टा अनशन बस्ने बताए ।

विहान ११ बजेबाट अनशन थालेका उनीहरु शनिबार ६ बजेसम्म अनशन बस्नेछन् ।
डाक्टर केसीले आफ्नो जीवन नै दाउमा राखेर देशको चिकित्सा क्षेत्र सुधारका लागि लागेको भए पनि सरकार उनको जीवन खतरामा पर्दा पनि गम्भीर नभएकाले दबाब दिनका लागि अनशन बसेको अनशनकारी सागर घिमिरेले बताए ।

अर्का अनशनकारी विनोद सापकोटाले पनि केसीको माग पुरा गराउन दबाब आवश्यक भएकाले आफूले अनशन बसेको बताए ।
दमौलीका युवाले शनिबार केसीको पक्षमा प्रदर्शन गर्ने पनि तयारी गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्