प्रधानमन्त्रीका प्रेस सल्लाहकार तनहुँका परियार महाधिवेशन प्रतिनिधिमा निर्विरोध

  • ख-
  • ख+


दमौली : तनहुँ भानु चोक चिसापानीका पत्रकार गोविन्द परियार नेपाली कांग्रेसको १४ औं महाधिवेशनका महाधिवेशन प्रतिनिधिमा चुनिएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सल्लाहकार रहेका परियार महाधिवेशन प्रतिनिधिमा निर्विरोध चुनिएका हुन् ।

परियार काठमाडौं क्षेत्र नम्बर ६ बाट महाधिवेशन प्रतिनिधिमा निर्विरोध भएका हुन् ।

परियार दुवै टिमको साझा बनेपछि सर्वसम्मत निर्वाचित भए ।

परियार पछिल्ला केही वर्षयता राजधानीमा कांग्रेसको राजनीतिमा सक्रिय छन् । सर्वसम्मत प्रतिनिधि निर्वाचित हुनुले उनलाई थप अघि बढ्ने बाटो खुलेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी