कांग्रेस क्षेत्रीय अधिवेशन : मतपेटिकामा अडिएको काङ्ग्रेस नेताको भविष्य !

  • ख-
  • ख+

विकास खनाल
दमौली : नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत  तनहुँमा अाज क्षेत्रीय अधिवेशनकाे मतदान सकिएको  छ । क्षेत्र नम्बर १ को  दमौलीमा र क्षेत्र नं २ काे बेलचाैतारामा नयाँ नेतृत्व चयन गर्न मतदान भएको हाे । क्षेत्र नं १ मा  ९ सय ५४ मतदाता रहेकोमा ९ सय ३१ मत खसेको छ ।


क्षेत्र नं २ मा  ८ सय ७० जना मतदाता रहेकोमा ८ सय ६४ मत खसेको काङ्ग्रेस म्याग्दे सभापति रामभक्त घिमिरेले बताए ।
काङ्ग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको गृह जिल्ला भएकोले तनहुँकाे निर्वाचनमा सबैको ध्यान तानिएको छ ।

काङ्ग्रेस सभापति शेरबहादुर देउवा खेमाले गृह जिल्लामै पाैडेललाइ कमजोर देखाउन भरपुर प्रयास गरेकाले चुनावी परिणाम कस्तो अाउछ भनेर धेरैले चासाे दिएका छन् । अहिले उमेदवारहरूकाे भविस्य मतपेटिका भित्र छ । 

पौडेल र गैर पौडेल प्यानल

काङ्ग्रेस केन्द्रीय सदस्य शंकर भण्डारी र गाेविन्द भट्टराई तथा  अामन्त्रित केन्द्रीय सदस्य ध्रुव वाग्ले लगायतको टाेलि  पाैडेल पक्षलाई कमजोर पारि अाफ्नाे पक्षलाई शक्तिशाली बनाउन लागिपरेका छन् । साेहि अनुसार प्रदेश क्षेत्रीय अधिवेशन र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनमा दुई वटा छुट्टाछुट्टै प्यानल मैदानमा होमिएका छन् ।

यस्तै रामचन्द्र पाैडेलकाे अाशिर्वादमा
केन्द्रीय सदस्य प्रदिप पौडेल र जिल्ला सभापति बैकुण्ठ न्यौपानेको समुह छुट्टै प्यानल बनाएर  चुनावी मैदानमा छ ।

जिल्ला सभापति न्यौपाने र कार्यवाहक सभापति आले तथा पार्टी सचिव बिश्व बास्तोला वरिष्ठ नेता पौडेलका ‘हार्डलाइनर’ नेतामा गनिएपनि यसपटक अाले र बास्तोला फरक प्यानलमा गएका छन् । महाधिवेशनका बेला फरक प्यानलमा गएपनि का वा सभापति जितप्रकाश अालेलाई रामचन्द्र पाैडेलले सम्पर्क गरिरहेकाे र त्यसको लागि दुत पठाएको बिश्वस्त श्राेत बताउँछ ।

३ गते सम्पन्न  प्रदेश सभा अधिवेशनमा प्राप्त मतलाई हेर्दा क्षेत्र नम्बर १ मा पौडेल समूह बलियो देखिन्छ भने  क्षेत्र नम्बर २ मा भण्डारी समूह बलियो देखिन्छ ।

केहीबेर अगाडि सम्पन्न मतदानमा
क्षेत्र नम्बर १ को सभापतिमा विश्व बास्तोला र श्याम मौरती प्यानल बिच तथा क्षेत्र नं २ मा कृष्ण पण्डित र चुडामणि खनाल प्यानलबीच प्रतिस्पर्धा देखिन्छ ।

दुई पक्षले सदस्य देखि अध्यक्ष सम्मका पद तथा महाधिवेशन प्रतिनिधि पदमा प्यानल खडा गरेर पार्टी भित्र निशेधकाे राजनिती गराएको भन्दै एकथरी काङ्ग्रेस कार्यकर्ता निराश छन् ।

बास्तोला र खनाल भण्डारी प्यानलबाट मैदानमा उत्रेका हुन भने माैरति र पण्डित पाैडेल न्याैपाने प्यानलबाट मैदानमा उत्रेका हुन् । यस्तै क्षेत्र नं १ काे  सचिवका उम्मेदवारहरू चुडामणि दाहाल र तारानरेश पाैडेल भण्डारी , भट्टराई ,वाग्ले प्यानल बाट मैदानमा अाएका हुन भने  दयानीधि नराल र राजु बानियाँ पाैडेल न्याैपाने प्यानल बाट मैदानमा उत्रेका हुन् ।

यस्तै  सहसचिवमा अर्जुन अधिकारी, युवराज आले, रविन पौडेल, शैलेश खातीबीच प्रतिस्पर्धा भएको छ । शैलेस र युवराज पाैडेल न्याैपाने समुहका उमेदवार हुन् ।
यता क्षेत्र नम्बर २ को सचिवमा जीवनचन्द्र ठकुरी, पूर्णचन्द्र घिमिरे, प्रेमबहादुर थापा र सन्तोष घिमिरेको उम्मेदवारी परेको छ ।

सहसचिव पदमा चित्रबहादुर राना, टुकराज श्रेष्ठ, नरसिङ राना र यामबहादुर थापा सारु बिच चुनावी प्रतिस्पर्धा छ । सबै छुट्टाछुट्टै प्यानल भित्र का उमेदवार हुन् ।

दुई पक्षले सदस्य देखि अध्यक्ष सम्मका पद तथा महाधिवेशन प्रतिनिधि पदमा प्यानल खडा गरेर पार्टी भित्र निशेधकाे राजनिती गराएको भन्दै एकथरी काङ्ग्रेस कार्यकर्ता निराश छन् ।

ऋषिङका एक काङ्ग्रेस कार्यकर्ता थप्छन् ‘ हिजो ऋषिङमा १० वटा गाडी लस्करै डाडो चाहर्याे , बिकास निर्माणकाे काममा , संगठन सुदृढीकरणकाे काममा र विपक्षी सँग लड्दाकाे समयमा यसरी मेहेनत गर्न सकेको भए काङ्ग्रेस पार्टी शक्तिशाली हुन्थ्यो , तर अहिले त पार्टीकै साथीहरू बिच पानी बराबर भएको छ ।’ यसले सच्चा काङ्ग्रेस कार्यकर्तालाई दुखि बनाउने रहेछ तिनले भने । 
मन्त्रीदेखि मेयरसम्मको भीडन्त
महाधिवेशन प्रतिनिधिमा मन्त्रीदेखि वडाध्यक्षको उम्मेदवारी परेकाले पनि थप राेचक भिडन्त देखिएको छ ।


गण्डकी प्रदेशका विना विभागीय मन्त्री डोबाटे बिक ,  सरिता गुरुङ,
जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, भानु -१३ का वडाध्यक्ष रामबहादुर बानिया ,  व्यास १३ का वडाध्यक्ष लेखबहादुर राना,  व्यास १ का वडाध्यक्ष खरसिंह दरै महाधिवेशन प्रतिनिधि पदमा निर्वाचनमा हाेमिएका छन् ।

यस्तै  आँबुखैरेनी गाउँपालिकाकी उपाध्यक्ष पुष्पादेवी श्रेष्ठ ,  संविधानसभा सदस्य रामचन्द्र पोखरेल, व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने
, संविधानसभा सदस्य ध्रुव वाग्ले, झुलबहादुर आले, ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ , म्याग्दे गाउँपालिकाकी अध्यक्ष मायादेवी राना , व्यास-५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठ , ऋषिङ गाउँपालिकाकी उपाध्यक्ष गिनुमाया थापा , म्याग्दे गाउँपालिका कार्यपालिका सदस्य रामकृष्ण विक , जिल्ला समन्वय समिति सदस्य दिव्यश्वरी विक , घिरिङ १ का वडाध्यक्ष गंगाबहादुर कुमाल ,
जिल्ला समन्वय समितिका सदस्य नीलबहादुर थापा ,  म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरे, शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङ महाधिवेशन प्रतिनिधिको उम्मेदवार बनेका छन् । उमेदवार सबैको राजनीतिक भविस्य अहिले मतपेटिका भित्र कैद छ ।

अहिले निर्वाचन मण्डलले मतपेटिका शिल गर्ने काम सकेको र केही बेरपछि मतगणना सुरु गर्ने बताएकाे छ । यसको लागि काङ्ग्रेस पार्टी कार्यलयमा मतपेटिका लाने तयारी भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी