नेपाली कांग्रेस क्षेत्र १ अधिवेशनः महाधिवेशन प्रतिनिधिमा पवित्रा पौडेलसहित १० सर्वसम्मत

  • ख-
  • ख+

दमौलीः नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशनअन्र्तगत क्षेत्र नम्बर १ मा एक महाधिवेशन प्रतिनिधिसहित ६ पदमा सर्वसम्मति भएको छ ।

निर्वाचन समितिका अनुसार खस आर्य महिलातर्फ पवित्रा पौडेल सर्वसम्मत भएकी छन् ।
यसैगरी, अरु पाँच क्षेत्रीय सदस्य सर्वसम्मत भएका छन् ।

सर्वसम्मत हुनेहरुमा खस आर्य महिला सदस्य कल्पना भकुण्डी, मुस्लिम अल्पसंख्यक अपांगताः प्रकाश राउत, महिला सदस्य इन्द्रमाया थापा मगर तथा मधु दमै र दलित सदस्य लक्ष्मी परियार रहेको कांग्रेस तनहुँले जनाएको छ ।

प्रदेशतर्फका ४ सदस्य सर्वसम्मत

यसैगरी, १ (क) को अन्य सदस्यतर्फ पविन्द्र भट्टराई, जमिर हुसेन तथा १ (ख) को अन्य सदस्यतर्फ गोविन्द गिरी र रामभक्त भट्टराई सर्वसम्मत निर्वाचित भएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्