
दमौलीः नेपाली कांग्रेसको १२ औं महाधिवेशनअन्र्तगत आइतबार क्षेत्रीय कार्य समिति तथा महाधिवेशन प्रतिनिधिका लागि इच्छुकले उम्मेदवारी दिएका छन् ।
कांग्रेस कार्य समिति तनहुँका अनुसार क्षेत्र नम्बर १ को दमौली र २ को दुलेगौंडामा उम्मेदवारी मनोनयन सम्पन्न भएको छ । दुवैतर्फ पहिलो सूची सार्वजनिक भएको छ ।

तर, दावी बिरोध र फिर्ता लिने समय रहेकाले केही समयमा अन्तिम उम्मेदवारको सूची सार्वजनिक गर्ने तयारी छ ।
केही पदमा निर्विरोध भएको जानकारी प्राप्त भएको छ ।
तस्बिरः फाइल