डा. केसीको समर्थनमा दमौलीका युवा अनशन बस्ने

  • ख-
  • ख+

दमौलीः चिकित्सा क्षेत्रमा सुधारको माग राख्दै १९ औं पटकसम्म अनशनमा बस्दै आएका चिकित्सक डा. गोविन्द केसीको समर्थनमा दमौलीका युवाले अनशन बस्ने घोषणा गरेका छन् ।

पटक पटक अनशन बसे पनि माग पुरा नभएको र केसीको जीवन नै खतरामा पर्दा पनि सरकार गम्भीर नभएको भन्दै दमौलीमा अनशन बसेर दबाब दिन लागिएको युवा सागर घिमिरेले बताए ।

यस अघि पनि डा. केसीको समर्थनमा प्रदर्शन गरेका युवाहरुले देशैभर केसीको आन्दोलनमा ऐक्यबद्धता जनाइरहेका छन् ।

यसैक्रममा दमौली ट्राफिक चोकमा पनि शुक्रबार १९ घण्टा अनशन बसेर ऐक्यबद्धता जनाइने घिमिरेले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी